मधेश कृषि विश्वविद्यालयमा विधार्थी भर्ना सुरु, आज देखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाटै भर्ना

काठमाडौंः मधेश कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्र सुरु गर्नै तयारी प्रारम्भ गरेको छ । सोका लागि कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाटै विद्यार्थी भर्ना लिइने जनाइएको छ ।

मधेश प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले सोमबारबाट खोलिएको नयाँ भर्नामा विद्यार्थीहरुले बी. एस. सी. एजी अर्थात् कृषि विषयमा चार वर्षे स्नातक तहमा भर्ना लिने जनाएको छ । विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा संचालन गर्नका लागि आफ्नो सम्पूर्ण तयारी सहित अनलाइन माध्यमबाटै विद्यार्थी भर्ना खुला गरेको छ । विज्ञान विषयमा कक्षा १२ पास गरेका विधार्थीहरुले यो कोर्ष गर्नका लागि भर्ना लिन सकिनेछन ।

तीन महिना अघि नै कोर्ष डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला , मधेशी , दलित , अपांग , मुस्लिम लगायतका कोटाहरु समेत छुट्याएर पहिलो वर्ष विएससिएजीको लागि जम्मा ५० सिटमा भर्ना खुलाइएको उपकुलपति डा। वैजनाथ महतोले बताए । मधेश कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको, बागबानी,मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराइने डा। महतोले जानकारी दिए ।

विश्वविद्यालयको शैक्षिक गतिविधिले प्रदेशमा वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार कृषकहरूको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य राखिएको छ,योसँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकहरुलाई तालिम र प्रविधि प्रसार समेत गरिने बताइएको छ । यहाँ पढाइ हुने विषयहरुमा छोरीहरुका निम्ति विशेष छूट दिइने तथा निजी विद्यालयले पनि पढाउन चाहेमा प्रदेश सरकार अनुदान खर्च उपलब्ध गराउने छन ।

कुनै पनि परिस्थितिमा प्रदेशका जनता प्राविधिक शिक्षाका लागि यही का विद्यार्थी तथा मधेशका छोरीहरुलाई घरवाट टाढाको विश्वविद्यालय जानु नपर्ने र अपेक्षित उद्देश्य प्राप्ति गर्नेछन । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव , मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नवलकिशोर सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपति समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा गत मंसिर २७ गते सप्तरीको राजविराजमा विश्वविधालयको उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार