गठबन्धनले ग¥यो शक्ति प्रदर्शन, जसपा–एमाले तथा जनमतकले आज गर्ने

काठमाडौंः निर्वाचन कार्यक्रम अनुसार आइतबार हुने निर्वाचनका लागि बिहीबार राती १२ बजे देखी मौन अवधी सुरु हुँदै छ । त्यसैले मौन अवधी अगावै प्रचारप्रसार सकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरुप यहाँ विभिन्न दलका उम्मेदवारहरुद्वारा घरदैलो, चुनावी सभा र रोड शो लगायतका गतिविधी तिब्र बनाएको छ ।

यसै क्रममा बुधबार सप्तरीको निर्वाचन क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्यतर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुर र गठबन्धनमा आवद्ध प्रदेशसभा सदस्य २ को १ का उम्मेदवार सरोज मण्डल र २ को २ का उम्मेदवार उमेशप्रसाद यादवले संयुक्र रुपमा शक्ति प्रदर्शन गरेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत माग्दै रोड शोमा उत्रेका उम्मेदवारसहितको जुलुसमा स्थानियको उल्लेख्य सहभागिता थियो । दिउँसो सदरमुकाम राजविराजस्थित पब्लिक बिन्देश्वरी माधयमिक विद्यालयको खेलमैदानबाट हजारौंको संख्यामा निस्केको जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो । 

जुलुसमा काँग्रेस, लोसपा, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरिय नेता कार्यकर्ताका साथै सर्वसाधारणसमेतको सहभागिता देखिन्थ्यो । चुनावी प्रचार प्रसारका क्रममा पहिलो पटक गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा यस्तो जुलुस निकालेका हुन् । गठबन्धन आवद्ध दलका जिल्ला नेताहरुसँगै स्थानिय कार्यकर्ताको समेत उत्साहजनक सहभागिताले मनोवल उच्च भएको सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका ठाकुरले बताए । गठबन्धनका उम्मेदवार कमजोर भएको प्रचार गर्नेहरुका लागि आजको प्रदर्शन कडा जवाफ हो, उनले भने, गठबन्धनका सबै उम्मेदवार अत्याधिक मतले जित्ने छौं । नगर परिक्रमा पश्चात् आयोजित चुनावी सभालाई सत्तारुढ गठबन्धनका प्रदेशसभा २ को १ का उम्मेदवार सरोज मण्डल, २ को २ का उम्मेदवार उमेशकुमार यादव, नेपाली काँग्रेसका रामकुमार यादव, इर्साद अन्सारी, महानन्द यादव लगायतले पनि सम्बोधन गर्दै गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न अपील गरे । 

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले– जसपा गठबन्धनका उम्मेदवार रहेका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा। सीके राउत पनि चुनावी मैदानमा छन् । ती दुबै दलले चुनावी प्रचार प्रसारको अन्तिम दिन बिहीबार रोड शो र चुनावी सभागर्ने तयारी गरेको पार्टी श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार