मुम्बइ आतंक नोभेम्बर २६ः पाकिस्तान विरुद्ध माइतिघरमा नाराजुलुस

काठमाडौं ।  २६ नोभेम्बर २००८मा पाकिस्तानले मुम्बईमा गरेको आतंकवादी हमलाको सम्झनामा स्वतन्त्र जागरुक युवा नेपालले नाराबाजी गरेको छ ।

नविन सिलवालको नेतृत्वमा जागरुक युवा नेपालमा आवद्ध  युवाहरुले २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादीको हमलाको सम्झना र विरुद्धमा माइतिघर मण्डलामा शनिबार नाराजुलुस गरेका हुन् ।

युवाहरुले विश्वलाई शान्ति देउ, मुम्बइ आतंक हमला मुर्दावाद, पाकिस्तान आतंकवादी उत्पादन बन्द गर, आतंक गतिविधि बन्द गर भन्दै नाराबाजी गरेका थिए।

२६ नोभेम्बर २००८मा पाकिस्तानी आतङ्ककारीले मुम्बईमा गरेको भिषण हमलामा परी १६० जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।

आतङ्ककारीले मुम्बईको ताज महल होटेल,ओयराय होटल, हस्पीटल लगायत विभिन्न ठाउँमा वम विष्फोट र गोली चलाएका थिए।

सम्बन्धित समाचार